थुलुङ दुधकोशी : विद्यालय तहको बार्षिक परीक्षा बैशाख २३ बाट सुरु गर्ने शिक्षा समितिको निर्णय



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुमा बैशाख २३ गतेदेखि बार्षिक परीक्षा सन्चालन गर्ने निर्णय गरेको छ।

गाउँ शिक्षा समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न गाउँ शिक्षा समिति र पालिका अन्तर्गतका सबै विद्यालयक
प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रबक्ता भुपालसिं राइले जानकारी दिए।

बिश्वब्यापी रुपमा दोस्रो लहरको कोरोना भाईरस तीव्र गतिमा फैलिरहेकोले १ कक्षादेखि ९ सम्मका सबै वार्षिक परीक्षा २३ गतेदेखि आवश्यक सिफ्टका आधारमा बिदाका दिन समेत सन्चालन गर्ने निर्णय शिक्षा समिति बैठकले गरेको हो।

प्रबक्ता राइका अनुसार सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै परीक्षाका लागि आवश्यक स्वास्थकर्मीको ब्यवस्था मिलाउने निर्णय समेत भएको छ।

यसअघि गाउँपालिकाले पालिका भित्रका आधारभूत तह कक्षा -८ को वार्षिक परीक्षा आगामी जेठ २ गतेबाट सन्चालन गर्ने निर्णय गरी परीक्षा तालिका समेत प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्