खुम्बु पासाङल्हामू : मानेडाँडा महादेव मन्दिर संरक्षणका लागि भौतिक निर्माण गरिंदै



लाक्पाग्याल्जेन शेर्पा
सोलुखुम्बु। खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं- १ थामडांडामा रहेको मानेडाँडा महादेवको संरक्षण र सम्बर्द्धनका लागि भौतिक निर्माणको काम सुरु गरिएको छ।

मन्दिर वरिपरिका भौतिक संरचना निर्माण गर्न र ब्यबस्थित गर्नका लागि गाउँपालिकाले छुट्याएको १५ लाख रुपैयाँ बजेटबाट सो काम सुरु गरिएको मानेडाँडा महादेव उपभोक्ता समितिका सचिव मिङमा डोमा शेर्पाले जानकारी दिए ।

भौतिक संरचना निर्माण कार्य अन्तरगत मन्दिर वरिपरिको ६० मिटर बाटो पक्की गर्ने र रेलिङ लगाउने योजना रहेको बताउंदै उपभोक्ता समितिका सचिव ल्हाक्पा सोना शेर्पाले २५ प्रतिशत काम सम्पन्न भईसकेको जानकारी दिए।

मन्दिर वरिपरिको भौतिक निर्माण कार्य जेष्ठ १५ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष आङछिरी शेर्पाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्