माप्यदुधकोशी : अध्यक्ष राईद्वारा नाममा गुम्बा शिलान्यास
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । तामाङ समुदायको बस्ती रहेको माप्यदुधकोशी गाउँपालिकाको वडा नम्बर- ५ को नाममा गुम्बा निर्माण गरिने भएको छ।

६ लाख रुपैयाँको बजेटबाट निर्माण सुरु गरिएको ङग्युर रिक्झिन छोखोर लिङ्ग गुम्बाको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकीरण राईले शिलान्यास गर्नुभएको छ।बुधबार शिलान्यास गरिएको सो गुम्बाको स्थानीय सरकार र अन्य विभिन्न संघ संस्थासङ्गको साझेदारीमा निर्माण सम्पन्न गर्ने योजना रहेको उद्घाटन समारोहमा जानकारी गराईएको थियो।

गुम्बा निर्माणका लागि माप्यदुधकोशी गाँउपालिकाले अर्थिक बर्ष ७७/७८ गाउँसभाबाट ६ लाख रुपैयाँ बिनियोजन गरेको गुम्बा ब्यबस्थापन समितिले जनाएको छ।

