उपत्यकामा चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस !



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै तत्कालन एक महिना लकडाउन गर्न सिफारिस गरेको छ । तत्काल लकडाउन नगरे स्थिति अझ विग्रन सक्ने र नेपाल वर्तमान स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भन्दै मन्त्रालयले तत्काललै कम्तिमा ४ साता लकडाउन गर्न सुझाब दिएको हो ।

स्वास्थ्य मन्त्रालयको यस सिफारिसका सम्वन्धमा निर्णय लिन आज अपरान्ह ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे जानकारी गराउदै छन् । प्रधानमन्त्रीसँगको छलफल पछि सरकारले लकडाउनका सम्वन्धमा निर्णय लिने बताइएको छ ।

कोभिड महामारी अझ बढ्दै गएको र भारतमा भयावह अवस्था पुगिसकेको भन्दै लापरवाही रोक्न काठमाडौं उपत्यकामा लकडाउन गर्न उपयुक्त हुने सुझाव दिएपनि सिसिएमसिले निर्णय गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्