बिष ख्वाएर आफ्नै श्रीमानको हत्या गर्ने एक महिला सूर्यबिनायकबाट पक्राउ



काठमाडौं,भातमा किटनाषक औषधी खुवाएर आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ साबिक मूलपानी गाविस-२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-४ मा डेरा गरी बस्ने २९ वर्षीय पार्वती थापामगर छिन्।

उनलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो।

मगरले आफ्नै श्रीमान विष्णु थापामगरको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्