सोलुदुधकुण्ड साक्षर नगरपालिका घोषित, ९६.९२ प्रतिशत जनसंख्या साक्षर भएको मेयर शेर्पाको भनाई



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डलाई साक्षर नगरपालिका घोषणा गरिएको छ । घोषणा सभालाई सम्बोधन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाको कुल जनसंख्याको ९६.९२ प्रतिशत साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको बताए ।

कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि साक्षर भएको क्षेत्रलाई साक्षर क्षेत्र घोषणा गर्न मिल्ने व्यवस्था अनुरुप नगरपालिकालाई साक्षर घोषणा गरिएको शेर्पाको स्पष्टोक्ती थियो। नगरपालिकाको कुल जनसंख्या २४ हजार ३२३ मध्ये गत वर्ष सर्वेक्षण गर्दा १३ सय १२ जना निरक्षर भएको पाईएको थियो, नगरप्रमुख शेर्पाले बिहिबार वडा नम्बर ७ गार्मास्थित गार्मा माविमा आयोजित कार्यक्रममा भने,-
निरक्षरलाई साक्षरता कक्षा सञ्चालन गरि ५६१ जना साक्षर बनाई साक्षर नगर घोषणा गरिएको हो।मेयर शेर्पाले सबै नागरिक साक्षर नभएकाले आगामी दिनमा साक्षरता कक्षा सञ्चालन गरि सबै नागरिक साक्षर बनाउन पहल गर्ने बताए ।

नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत लालबाबु कवारी, प्रहरी नायब उपरिक्षक कवित कट्वाल, राष्ट्रिय अनुसन्धानका प्रमुख देबेन्द्र खतिवडा, शशस्त्र प्रहरी नायाब उपरिक्षक दिनेश शर्मा, नगर शिक्षा शाखा प्रमुख मेघनाथ शर्मा, सोलुदुधकुण्ड नगरकार्यपालिका सदस्य तथा गार्मा मावि व्यवस्थान समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, कार्यापालिका सदस्य सरिता राई, विनोद कालिकोटे, प्रधानाध्यापक विनोदसिंह तामाङ, विभिन्न वडाका वडाध्यक्ष लगायतका जनप्रतिनिधि, नगर भित्रका विद्यालयका शिक्षक विद्यार्थीको उपस्थिती रहेको सो कार्यक्रमलाईघोषणासभालाई प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाही, सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले समेत सम्बोधन गरेका थिए।

यस अघि नेचासल्यान गाउँपालिका जिल्लामा पहिलो पटक साक्षरता घोषणा गर्ने पहिलो स्थानिय तह बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्