सोलुदुधकुण्ड : नेपाल बैंकले कृषि ब्यबसाय प्रबर्द्धनका लागि सहुलियतपूर्ण ॠण दिने



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्र कृषि तथा पशुपंक्षीजन्य ब्यबसाय प्रबर्द्धन गर्न सोलुदुधकुण्ड नगरपालिका र नेपाल बैंकबीच सहौलियतपूर्ण ब्याजमा कर्जा सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

सोलुदुधकुण्ड नगरपालिकाको मेयर स्वरोजगार कार्यक्रम अन्तरगत उद्धमशील बन्न चाहने नगरबासीहरुको हितलाई ध्यानमा राखेर बैंकसंग सो सम्झौता गरिएको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले रहस्य खबरलाई बताए ।

नगरपालिकाका तर्फबाट नगर प्रमुख शेर्पा र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर कवारी तथा बैंकको तर्फबाट प्रदेश १ प्रमुख सूर्यप्रकाश भट्ट र शाखा प्रबन्धक प्रमोद नायकद्वारा हस्ताक्षरित सो सम्झौतापत्रमा नगरपालिका र बैंकका दायित्वबारे उल्लेख गरिएको छ।बिहिवार हस्ताक्षर गरिएको सो सम्झौतामा उल्लेख गरिए अनुसार बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यबिधि २०७५ (संशोधन सहित )मा भएको ब्यबस्था तथा बैंकको कर्जा नीति समेतको अधीनमा रहि नगरपालिका क्षेत्रभित्रका योग्यता पुगेका नागरिलाइ कर्जा उपलब्ध गराउने र कर्जाका लागि उद्धमी एबम ब्यबसायी तयार गर्न आवश्यक तालिम र परामर्श नगरपालिकाले उपलब्ध गराउनुपर्ने छ।

नगरपालिकाको सिफारिसमा कर्जा लिएका ब्यक्ति,फर्म वा कम्पनीले सम्झौता अनुसार सांवा ब्याज नियमित नगरेमा सांवा ब्याज नियमित गर्न र भाखा नागेका कर्जा उठाउन नगरपालिकाले पूर्ण सहयोग गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

के छ सम्झौतामा ?

प्रतिक्रिया दिनुहोस्