एनआइसी एसिया बैंकका सिइओ न्यौपानेलाई ‘प्रवल जनसेवा श्री (चतुर्थ)’



काठमाडौँ । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ‘प्रवल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्राप्त गरेका छन् ।

न्यौपानले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार शीतल निवासमा आयोजित समारोहमा विभूषण प्राप्त गरेका हुन् ।

यस्तै एनआइसी एसिया बैंकका सहायक महाप्रबन्धक रञ्जन खड्काले ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्राप्त गरेका छन् ।

विभूषण प्राप्त गरेका न्यौपाने र खड्कालाई एनआइसी बैंक परिवारले बधाइ पनि ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्