नेपाल पत्रकार महासंघ सोलुको अध्यक्षमा श्रेष्ठ,उपाध्यक्षमा कार्की र सचिबमा खालिङ बिजयी



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नुतन श्रेष्ठले सान्दार जित हासिल गरेका छन।

संयुक्त प्यानलको तर्फबाट साझा उम्मेदवार बनेका प्रेस युनियनका भानुभक्त निरौलालाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्बाचित भएका हुन।बुधबार सम्पन्न निर्बाचनमा श्रेष्ठले ३१ र निरौलाले २९ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ।

निर्बाचनबाट प्रेस सेन्टर सोलुखुम्बुका अध्यक्ष भोजराज कार्की महासंघको उपाध्यक्ष निर्बाचित भएका छन् ।कार्कीको यो दोश्रो कार्यकाल हो। सोलु एफएमका स्टेसन म्यानेजर कार्कीले ५१ मत प्राप्त गरेका छन।उनका प्रतिस्पर्धी जसबहादुर राइको मात्र ८ मत छ।कार्कीले प्राप्त गरेको यो मत निर्बाचित अन्य पदाधिकारी र सदस्यहरुको भन्दा सर्बाधिक बढी हो। यसैगरि महिला उपाध्यक्ष बिना राई र सचिब दिलबहादुर राई(डिबी खालिङ)ले समान ३२ मतसहित बिजय प्राप्त गरेका छन।उनीहरूका प्रतिद्वन्द्वी गार्डेन राई र जयप्रकाश राइले क्रमशः २७ र २८ मत प्राप्त गरेका छन् ।

सहसचिवमा निर्बाचित अमृत थुलुङले ३२ समाबेशी सहसचिव डाकमान राइले ३६ र कोषाध्यक्ष अमृता राइले ३५ मत प्राप्त गरेका छन।

शाखाको महिला सदस्यमा अन्जु कार्की,दलित सदस्यमा मोतीराम रसाइली,जनजाति सदस्यमा अर्जुन राई र खुला सदस्यमा तेज नाछिरिङ,बसन्ती राई,बिदुर बस्नेत र रमन बन निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ।समितिका अनुसार राष्ट्रिय परिषद सदस्यमा मनोज श्रेष्ठ,राष्ट्रिय परिषद सदस्य महिलामा सुजाता तामाङ,प्रदेश परिषद सदस्यमा पासे तामाङ (पीटी लोप्चन),सुमन श्रेष्ठ र शिखरजंग श्रेष्ठ र प्रदेश परिषद महिलामा अमृता बिश्वकर्मा निर्बाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्