बिश्वका धनीहरुको सूचीमा बेजोस पहिलो नम्बरमा



काठमाडौं । फोर्ब्स म्यागजिनले विश्वका धनि व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले हिजो (मंगलवार) वर्ष सन् २०२१ का लागि २ हजार २ सय ५५ जना अर्बपतिको सूची सार्वजनिक गरेको हो ।

अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि विश्वको सबैभन्दा धनी व्यक्ति सूचीको पहिलो नम्बरमा पर्न सफल भएका छन् । उनको सम्पत्ति १७७ अर्ब डलर छ ।

त्यस्तै उक्त सूचीको दोस्रो नम्बरमा टेस्लाका मालिक एलन मस्क, तेस्रो नम्बरमा बर्नाड एरनल्ट, चौंथौ नम्बरमा बिल गेट्स र पाँचौं नम्बरमा मार्क जुकरबर्ग रहेका छन् ।

टेस्लाका मालिका एलन मस्कको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ । गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि सोझै नम्बर २ मा पुगेका हुन् ।

त्यस्तै बर्नाडको १५० अर्ब डलर, बिल गेट्सको १२४ अर्ब डलर र जुकरबर्गको ९७ अर्ब डलर सम्पति रहेको छ । यसपालि मात्र ४९३ जना अर्बपतिको सूचीमा थपिएका छन् ।

त्यस्तै अमेरिकीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फोर्ब्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा तीन सय स्थान तल झरेका छन् । अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन् ।

त्यस्तै नेपालका विनोद चौधरी सूचीको २ हजार १४१ नम्बरमा रहेका छन् । चौधरी ग्रुपका अध्यक्ष समेत रहेका उनको कुल सम्पति १.४ अर्ब डलर छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्