समाजसेवामा सक्रिय संगमता



काठमाडौं।आधुनिक युगमा समाज शिक्षित भैरहेको समयमा पनि कतिपय महिलाहरु अझैपनि पुरुष सरह सेवा सुविधाबाट बञ्चित छन् । बिभिन्न सामाजिक क्रियाकलापमा महिलाहरुले सहभागिता र सहकार्य गर्दै आएपनि उनीहरुको दैनिकीमा सुघार आउन सकेको छैन । नेपाल जस्तै अधिकांश मुलुकमा महिलालाई दोस्रो स्थनमा राखिएको पाइन्छ । पछिल्लो समय समाजिक अभियन्ताका रुपमा महिलाहरुको सहभागिता बढ्दै गएको छ।त्यसकै एक उदाहरणीय पात्र बनेकी छन् सुर्खेतकी संगमता चपाई ।

पश्चिम नेपालको बिरेन्द्रनगर नगरपालिका–४ की चपाई लामो सयमदेखि बिभिन्न सामाजिक कार्यहरुमा सहभागिता जनाउदै आएकी छन् । समाज सेवा गर्न पवित्र मन हुनुपर्छ । भित्रि हृदयदेखि नै भावना उत्पन्न भए मात्र समाजसेवा गर्न सकिन्छ भन्ने भ्रावना बोकेकी उनी सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेकी छन् ।
समाजिक काममा लाग्दा अझैपनि थुप्रै उत्तरदायित्व र समाजिक संस्कारकै कारण पुरुष सरह सहभागिता जनाउन नसकेको उनको गुनासो छ । उमेरले भर्खर २३ टेकेकी संगमता परिवारका माहिली छोरी हुन् र सम्पन्न परिवारमा हुर्के बढेकी उनलाई एकाएक समाजसेवामा लागेर विपन्न परिवार, पिछडिएका महिला, बृद्धबृद्धा लगायतलाई सहयोग गर्ने कान्छी जागेर उनी केही वर्षदेखि समाजिक कार्यमा सहभागिता जनाइरहेकी छिन् । बिभिन्न संघसस्था मार्फत अथवा स्वयं आफ्नैै आर्थिक सहयोगमा पनि उनले दिनदु:खीहरुको सहयोग गरिरहेकी छिन् । संगमता भन्छिन– म एक सक्षम महिला बन्न चाहन्छु र इमान्दारीपूर्वक समाजिक सेवामा लागेर आफूले सक्ने योगदान दिएर देश बिकासमा टेवा पुर्‍याउने छु । महिलाको सहभागिता पनि पुरुष सरह नै होस भन्ने चाहना छ उनको ।

सामाजिक कार्यमा महिलालाई निरुत्साहित नगरिदिन उनले आग्रह समेत गरेकी छन् । लैङ्गीक असमानताको खाडल पुर्न जरुरी भएको बताउँदै उनी थप्छिन्,- समाज रुपान्तरणमा महिलाको ठुलो हात रहन्छ त्यसैले आफु यस कार्यमा आफूले सकुन्जेलसम्म लागिरहने छु।’

प्रतिक्रिया दिनुहोस्