नेपाल इन्जिनियर्स एशोसिएसनको प्रदेश १ मा बाम गठबंधनद्वारा उम्मेदवारी घोषणा



काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको प्रदेश १ मा समिर शाक्यको नेतृत्वमा वामगठन्धनले उम्मेदवारी दर्ता गराएको छ। वैशाख २४ मा हुने निर्वाचनमा माओवादी र एमाले निटक इन्जिनियरिङ संगठन पिनले संयुक्त उम्मेदवारी दर्ता गराएको हो।

१५ जनाको रहने प्रदेश कार्यकारी समितिको उपसभापतिमा सुरेश कृष्ण श्रेष्ठ, सचिवमा हसरत अली, सह सचिवमा जितेन्द्र कुमार शाह, कोषध्यक्षमा विवश मिश्रको उम्मेदवारी परेको छ।

प्रदेश सदस्यहरुमा काजीमान विश्वकर्मा, दीपा गौतम, रिओज खत्री, मनिसा खत्री, युकेस नेपाल, माधव प्रसाद नगरकोटी, मदन अधिकारी, निर्मल संग्रौला, कमल चापाँगाई, राजु अन्सारी रहेका छन्।

प्रदेशको प्रतिनिधित्व गर्ने एक जना केन्दिय सदस्यमा संयुक्त प्यानलको तर्फबाट सपन थापा मगरको उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्