इन्जिनियरको चुनाबमा ओली- नेपाल पक्ष एकढिक्का



काठमाडौं । विभाजनउन्मुख नेकपा (एमाले) इन्जिनियरको चुनावमा आफ्नो जनसंगठनमार्फत एकढिक्का भएर जाने भएको छ। इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसियसनको आज हुने चुनावमा एमालेको संस्थापन पक्ष र विद्रोही पक्ष मिलेर जाने सहमति गरेका छन् ।

३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनाव चुनावमा एमालेको जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन एक ढिक्का भएर चुनाव लड्न लागेको हो ।

प्रदेशमा सबैतिर सहमति नभए पनि केन्द्रमा भने सबै पदमा दुवै पक्षबीच सहमति भएको छ । सहमतिपछि सामेबार उम्मेदवारी पनि दर्ता गरिएको एसोसिएशनका सचिव सञ्जिभ रोकाहाले जानकारी दिए । सहमित अनुसार माधवकुमार नेपाल पक्षले महासचिव पाएको छ ।

यसअघि नै चुनावमा एमाले र जसपाबीच पनि संयुक्त प्यानलका लागि सहमति भइसकेको छ । एमालेको जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघबीच इन्जियिनरर्स आइतबार सहमति भएको थियो । जसपाले केन्द्रीय कोषाध्यक्ष र २ केन्द्रीय सदस्य पाएको छ ।

रोकाहाका अनुसार अध्यक्षमा सुरज लामिछाने, उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा विरोध रिजाल, उपमहासचिवमा हिरामान वाइवा, कोषाध्यक्षमा आनन्द सिंह र सह– कोषाध्यमा अर्जुन पौडेले उम्मेदवारी दिएका छन् ।

अब हुने इन्जिनियरिङ परिषद्को चुनावमा पनि एमालेका संस्थापन पक्ष र विद्रोही पक्ष मिलेर जाने सहमति गरेका छन् ।

वृहत्तर वाम गठबन्धनको प्रयास
इन्जिनियर्स एशोसियसनका २२ हजार मतदाता छन् । पाँच वटा समूहले चुनावमा उम्मेदवारी दर्ता गराएका छन् ।

यद्यपि चुनावमा वृहत्तर वाम गठबन्धन प्रयास पनि भइरहेको छ। अहिले माओवादी केन्द्र निकटको संगठनको पनि छुट्टै उम्मेदावरी परेका कारण त्यो प्रयास सफल हुन सकिरहेको छैन् । माओवादीको तर्फबाट हरि पराजुलीले अध्यक्षको उम्मेदवारी दिएका छन् ।

यसअघिको चुनावमा वृहत्तर वाम गठबन्धन बनेको थियो र विजयी पनि भएको थियो । अहिले पनि त्यो प्रयास जारी रहेको रोकाहा बताउँछन् । ‘माओवादी केन्द्रले पनि मनोनय र्फिता लिएर संस्थापन पक्षलाई सहयोग ग¥यो भने निर्वाचन जित्न सजिलो हुन्छ,’ रोकाह भन्छन्, ‘यसबाट बृहत्तर वाम एकताको पनि सन्देश जाओस् भन्न पनि हामीले खोजेका छौं । त्यो प्रयास जारी छ ।’

अध्यक्ष पाउनु पर्ने दावी माओवादी केन्द्र निकट इन्जिनियरिङ संस्थाको दावी छ।

कांग्रेस निकट इन्जिनियरहरुको संगठनमा भने एकरुपता देखिएको छैन् । कांग्रेसको संस्थापन र विद्रोही पक्षले छुट्टाछुटदै उम्मेदवारी दिएका छन् । दुवै पक्षले एउटै प्यानल बनाएको खण्डमा कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने रोकाहा बताउँछन् ।

‘त्यो उम्मेदवारी फिर्ता लिने बेलासम्म हेर्नुपर्छ,’ उनी भन्छन्, ‘उम्मेदवारी फिर्ता लिएर कांग्रेसको एउटै प्यानल भयो भने प्रतिष्पर्धा हुन्छ । नत्र हामी स्वतः बिजेता हुन्छौं।’

उता गण्डकी प्रदेशमा भने एमालेनिकट र नेपाली कांग्रेस निकट इन्जिनियरहरुबीच गठबन्धन बनेको छ।

प्रतिक्रिया दिनुहोस्