गजल
व्यवस्था फेर्दा नि पालो उसैको
क्रान्ति भो भत्केन जालो उसैको
फेर्दा पनि पात्र प्रवृत्ति उनै छन्
भाइ भतिजो र सालो उसैको
यो वाक्क दिक्दारी कति दिन भोग्ने
वर्षौं अँध्यारो र कालो उसैको
फटाहा, अपराधी, डाका धेरै छन्
तिनैलाई देख्छु अँगालो उसैको
व्यवस्था फेर्दा नि पालो उसैको
क्रान्ति भो भत्केन जालो उसैको
फेर्दा पनि पात्र प्रवृत्ति उनै छन्
भाइ भतिजो र सालो उसैको
यो वाक्क दिक्दारी कति दिन भोग्ने
वर्षौं अँध्यारो र कालो उसैको
फटाहा, अपराधी, डाका धेरै छन्
तिनैलाई देख्छु अँगालो उसैको