फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,हवाई इन्धन र ग्यांसको मूल्य भने यथावत

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राेल, डिजल र मट्टीतेलको मूल्य दुई/दुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ ।
यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासकाे मूल्य भने यथावत् रहेकाे निगमले जनाएको छ । मूल्य समायाेजनपछि पनि निगमले १५ दिनमा ८८ कराेड रुपैयाँका दरले घाटामा रहेकाे दाबी गरेकाे छ ।

