अमेरिकी संसद भवनमा आक्रमण, एक प्रहरी अधिकारीको मृत्यु



एजेन्सी । अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ ।

संसद भवनमा तीन महिना पहिले (जनवरी ६) तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् ।

आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरिय प्रहरी विभागले जनाएको छ ।

विगत १८ वर्षदेखि प्रहरीमा सेवारत इभान्स घटनामा सबैभन्दा पहिले खटिने क्रममा चुक्क आक्रमणमा परेका हुन् ।

आक्रमणकारी २५ वर्षका नोहा ग्रिन नाम गरेका व्यक्ति रहेको जनाइएको छ । इन्डियानाका उनी विगतमा कुनै पनि प्रकारको आपराधिक गतिविधिमा संलग्न भएको सूचना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्