विश्वकप छनौटमा फ्रान्स र इटाली विजयी



काठमाडौँ । विश्वकप फुटबल छनौटमा विश्व विजेता फ्रान्सले बोस्निया हर्जगोविनालाई पराजित गरेको छ । समूह डी मा रहेको फ्रान्सले अवे मैदानमा बोस्निया हर्जगोविनालाई १-० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा ग्रिजमेनले निर्णायक गोल गरे । ६० औँ मिनेटमा उनले गरेको गोल पेनाल्टीमा सम्भव भएको थियो । जितपछि शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट सात अंक भएको छ । सोही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले एक-एक गोलको बराबरी खेल्दा इटालीले लिथुवानियालाई २-० गोलले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्