चौंथो स्वयंभू रन चैत्र २८ गते हुने



काठमाडौं । स्वयंभु एथलेटिक्स टेनिङ्ग सेन्टर क्लबले चौंथो स्वयंभू रन एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वस्थ रहनको लागि दौड’ नारा दिइएको प्रतियोगिता आगामि चैत्र २८ गते काठमाडौंको स्वयंभू स्थित भुईखेलमा आयोजना गरिने क्लबले जनाएको छ । ५ किलोमिटर दुरीको खुल्ला दौड प्रतियोगितामा महिला ता पुरुष गरी करिव ३ सय प्रतियोगिहरुले सहभागीता जनाउने क्लबका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनारले बताए ।

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब मिति २०७६ साल भाद्र ६ गते देखि औपचारिक रुपमा स्थापना भई स्वयंभु क्षेत्रमा एथलेटिक्स खेल र अन्य विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि क्लबले तेस्रो संस्करणका प्रतियोगिता समपन्न गरिसकेको छ । नेपाली खेलकुद क्षेत्र र विशेषत एथलेटिक्स खेलको विकास विस्तारका लागि विभिन्न कार्यक्रम गर्ने मुल उद्देश्य बोकेर क्लबले आफ्ना प्रशिक्षण तथा खेल कार्यक्रमका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्