त्रिदेशीय फुटबलको उपाधि नेपाललाई



काठमडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो ।

खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ताआएको बलबाट उनले गोल गरेका थिए ।

यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए ।

उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । आजको खेलमा नेपाल जित निकाल्ने योजनामा रहेको छ । खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।

प्रतियोगितामा एक गोल गर्न नसकेको नेपालले आजको खेलमा गोल गर्दै उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्