खुम्बु पासाङल्हामू : खानेपानी ब्यबस्थापन तथा सुरक्षा योजना तालिम उद्घाटन



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ,१४ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ३ मन्जुमा निर्माण पछि खानेपानीको व्यवस्थापन तथा खानेपानी सुरक्षा योजना तालिमको उद्घाटन गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष मिङ्माछिरी शेर्पाले बौद्ध परम्परा अनुसार पानसमा बत्ती बालेर सो तालिमको उद्घाटन गर्नुभएको हो ।

मन्जु, छुमा खानेपानी तथा अग्नि नियन्त्रण संरचना निर्माण योजना अन्तिम चरणमा पुगेको हुनाले उपभोक्ताहरुलाई लक्षित गरी तालीम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमको उद्देश्य खानेपानी योजानाको व्यवस्थापन र सुरक्षा योजना तर्जुमा गर्नका लागि स्थानीय उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु रहेको हिमालयन ट्र्ष्ट नेपालका कार्यक्रम व्यवस्थापक लाक्पातेन्जी शेर्पाले बताउनुभयो । तालिममा उपभोक्ता समितिका १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने तालिमको सहजीकरण हिमालयन ट्ष्ट नेपालबाट आएका प्रशिक्षकहरु अन्जन अधिकारी, बिजय श्रेष्ठ र दिपु शेर्पाले गरीरहनु भएको छ । ५ दिनसम्म सचालन हुने उक्त तालिम हिमालयन ट्रष्टको आयोजना खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा भएको हो ।

मन्जु, छुमा खानेपानी निर्माण तथा अग्नि नियन्त्रण संरचना निर्माण योजना खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा चौंरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र हिमालयन ट्रष्ट नेपालको २ करोड लगानीमा निर्माण भएको योजना भएको खानेपानी तथा अग्नि नियन्त्रण योजना निर्माण समिति अध्यक्ष ङिमतेन्जी शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्