शिव मन्दिर निर्माणका लागि रबिलालको १ लाख ५१ हजार सहयोग



खगिन्द्रराज बास्तोला
काठमाडौं, १३ चैत ।जमरकट्टेल सेवा प्रतिष्ठान नेपालको अगुवाइमा नेचासल्यान ३ माझगाउँमा निर्माण भइरहेको शिव मन्दिरका लागि भारद्वाज गोत्रीय जमरकट्टेल बन्धुहरुबाट आर्थिक सहयोग संकलनको क्रम जारी रहेको छ ।

करिब ४० लाखको लागतमा निर्माण हुने सो मन्दिर निर्माणका लागि नेचासल्यान गाउँपालिका ४, फुर्के स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका, ललितपुर निवासी समाजसेवी रबिलाल जमरकट्टेलबाट आफ्ना स्वर्गीय पिता श्रीबेलास र माता रुकामाया जमरकट्टेलको स्मृतिमा १ लाख ५१ हजार रकम सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलले बताउनुभयो ।

यसैबीच आगामी चैत्र २१ गते शनिबारका दिन बन्धुहरुको भेला गरी हालसम्म शिवमन्दिर निर्माणका क्रममा भएको आम्दानी खर्चको विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको जमरकट्टेल प्रतिष्ठानका सचिव देबेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्