माओवादीका डरले २२ बर्षअघि बेपत्ता भएका जोशी टुप्लुक्क घर आइपुग्दा परिवारमा खुशियाली

बाजुरा-नेपाली उखानमा १२ बर्षमा त खोला पनि फर्किन्छ भन्थे। तर सशस्त्र द्धन्दकालमा हराएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका परुप्रसाद जोशीको १२ वित्दा पनि कुनै खवर आए।सोही गाउँपालिका वडा नम्बर ४ वाईका परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन्।

सशस्त्र द्धन्दका बेला घरपरिवारबाट सम्पर्कविहिन भएका जोशी घर आएपछि परिवारमा खुसीयाली छाएको छ। २०५५ सालमा तत्कालिन सशस्त्र द्धन्दका समयमा घरबाट विद्यालय पढ्दै गर्दा सरकार र तत्कालिन माओवादीको डरले भागेर प्रदेशीयका थिए।
द्धन्दकालमा परु मात्रै होईन उनका गाउँका दुई जना साथी पासवान कैला र गोरे धामीलाइ पनि तत्कालिन माओवादीको समयमा हराएका थिए। त्यही दिन देखि परुका बुवाको निन्दा नै हरायो। एउटा छोरा गुमाएको ६/७ बर्ष मात्रै भएको आलो घाउँमा पुन खुर्सानी थपियो।
छोराको चिन्ताले उनी रातभर सुत्दैन थिए। सँगै हराएका मध्ये कैला घर फर्किए तर परु भने फर्किएनन्। अर्का गोरे धामीको भने गाउँमा मृत्युको खवर आएको थियो। छोरा आउँछ भन्ने आशामा बसेका परुका बुवाको २०६९ मा मृत्यु भयो।
घर फर्किएपछि परिवारमा मात्रै नभएर स्थानीयबासीन्दाले पनि खुसी भएर हर्षोल्लासका साथ उनको स्वागत गर्यो। सशस्त्र द्धन्दकाल देखि हराएको भाईलाई मरिसक्यो अव फर्कर आउँदै भने आशा मरिसकेको थियो,- ‘परुका दाई पूर्ण प्रसाद जोशीले भने, भाईलाई एक्कासी भगवानले ल्याएर राखेको जस्तो गरि गाउँमा देखिएपछि परिवारमा सदस्यमा हर्षितको सीमा नै छैन।’
भाई सशस्त्र द्धन्द्धका बेला हराएकाले लामो समयसम्म कुनै खबर नआएपछि आफुहरुले विभिन्न ठाउँमा खोजीका लागि प्रयास गरेको थिए, उनले भने,-‘लामो समय वितिसक्दा पनि नआएपछि भाई जिवितै छ भन्ने आसै नै मरिसकेको थियो।’
ढिलै भएपनि भाई जीवितै आयो, भाईलाई देख्दा परिवारमा हर्ष छाएको छ, उनले भने,-‘भाई फर्किएपछि यो भन्दा अरु खुसीको कुरा केही छैन।’ बुवा छँदै गर्दा भाई फर्केको भए उहाँहरु खुसीले देह त्याग गर्नु हुन्थ्यो, परुका जेठा दाजु नैनचन्द जोशीले भने, ‘भाई घर फर्किएपछि खुसीको कुरा अरु केही छैन।
बुवाले चिन्ता मान्दै वित्नु भयो।’सोही गाउँपालिकाको स्वामीकार्तिक मावि वाईमा कक्षा आठमा पढदै गर्दा सशस्त्र द्धन्द्धको त्रासले आफु इण्डियामा गएको र उतै विभिन्न ठाउँमा काम गर्दै कहाँ घर हो कता जाने भन्ने पत्तो नपाएको हराएर घर फर्किएका परु प्रसाद जोशीले बताए। हराएका जोशीलाई बुढीनन्दा नगरपालिका वडा नम्बर एकको जंशालमा रहेको घरमा बाजागाजा सहित स्वागत गरिएको आफन्त माधव जोशीले बताए।
महेन्द्रनगर पोस्टबाट साभार

