थारु बाहुल्य क्षेत्र समेटेर प्रादेशिक संरचना बनाउन थारुवान मुक्ति मोर्चा को माग



धनगढी,फाल्गुन ।कैलालीको हसुलियामा सम्पन्न थरुहट थारुवाट राष्ट्रिय सम्मेलनले विभिन्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको छ। आइतबार राती सम्पन्न सम्मेलनले आफ्ना माग पूरा गर्न विद्रोहको घोषणा गरेको जनाएको छ।

राज्य पुनःसंरचनाको विषयलाई लिएर लामो समयदेखि संघर्षरत थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते कैलालीको कैलारी गाउँपालिकाकाे हसुलियामा सम्पन्न भएको हो।

हसुलिया सम्पन्न राष्ट्रिय सम्मेलन मार्फत १५ बुदे अवधारणापत्र’ जारी गर्दै मोर्चाले विद्रोहको घोषणा गरेको छ। मोर्चाले विद्रोहमा जानुको १५ कारण उल्लेख गरेको छ।

मोर्चाले थारु बाहुल्य भूगोल समेटेर प्रादेशिक संरचना बनाउनुपर्ने, टीकापुर घटना राजनीतिक रुपमा सम्बाेधन गर्नुपर्ने मुख्य माग अघि सारेको छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो। सो घटना घटना मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ताहरु जेल सजाय भोगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्