ईपीएलको नयाँ मिति घोषणा, असोज ९ बाट सुरू हुने



काठमाडौं। एभरेस्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति तय भएको छ।

आइतबार घोषित मितिअनुसार ईपीएल अब २०७८ असोज ९ गतेबाट हुने भएको छ।

‘‘नेपाल क्रिकेट संघले ईपीएलका लागि नयाँ मिति स्वीकृत गरेको छ। नयाँ मितिअनुसार ईपीएल ट्वान्टी-२० क्रिकेट प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ,’’ एभरेस्ट प्रिमियर लिगले ट्विटरमार्फत दिएको जानकारीमा उल्लेख छ।

यसअघि २०७६ चैत १ गतेबाट हुने भनिएको प्रतियोगिता कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो। आयोजकले गत वर्ष फागुन २२ गते प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्