‘फटाहा फणिन्द्रे’ मा जोडिए बुद्धि र रवि



यसअघि फिल्ममा कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तम केसी आदि कलाकार छनौट भैसकेका छन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्मलाई सुनिल मानन्धरले प्रस्तुत गर्न लागेका हुन् । फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट हुन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ । उत्तम केसीको कथामा बन्ने यो फिल्ममा पटकथा तथा संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काले तयार पारेका छनु ।

यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत पहिलो सातादेखि छायांमामा जाने छ।

प्रतिक्रिया दिनुहोस्