सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा



काठमाडौं । रविभवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ । अपार्टमेन्टको माथिल्लो तलामा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसको टोली र स्थानीयवासीको प्रयासमा नियन्त्रणमा आएको हो। आगलागी नियन्त्रणका लागि पाँचवटा दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले १५ तलका अपार्टमेन्टभित्र अड्किएका मानिसको सुरक्षाकर्मीले उद्धार गरिएको जानकारी दिएका छन् । आगलागीमा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्