नेचासल्यानमा १५ शैय्याको अस्पताल निर्माण गर्ने स्वास्थ्यमन्त्री त्रिपाठीको प्रतिबद्धता



काठमाडौं,३ माघ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठिले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

१५ शैय्याको अस्पताल निर्माण गर्ने पूर्ब प्रतिबद्धता बिपरित गाउँपालिकाको सल्यान हेल्थ सेन्टरलाई ५ शैय्याको अस्पताल निर्माण गर्ने गरी गत पौष २२ गते मन्त्रीस्तरीय निर्णय भएको भन्दै ध्यानाकर्षणका लागि मन्त्रालय पुगेको चार सदस्यीय प्रतिनिधिमण्डलसंगको भेट्वार्तामा शुक्रबार मन्त्री त्रिपाठिले सो प्रतिबद्धता व्यक्त गर्नुभएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।

अध्यक्ष बास्तोलाका अनुसार मन्त्री त्रिपाठीसंगको भेटबार्तामा सोलुखुम्बु प्रदेश ‘क’ का सांसद उत्तम बस्नेत,जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राई र तत्कालीन सोलुखुम्बु जिबिसका उपसभापति पुण्यप्रसाद दाहाल सहभागी थिए।

१५ शैय्याको अस्पताल निर्माण गर्ने पूर्ब निर्णयबाट पछि हटेर मन्त्रालयले ५ शैय्याको अस्पताल निर्माण गर्ने निर्णय गर्नु आश्चर्यजनक भएको भन्दै अध्यक्ष बांस्तोलाले ध्यानाकर्षण गराएपछि मन्त्री त्रिपाठी ले आगामी बर्ष अस्पताल निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाउने आश्वासन दिएको भेटमा सहभागी दाहालले रहस्यखबरलाइ बताए।मन्त्री त्रिपाठीलाई उदृत गर्दै दाहालले बताए अनुसार अस्पतालको डीपीआर निर्माणका लागि मन्त्रालयले यसैबर्ष बजेटको ब्यबस्था गर्ने छ।त्यसका लागि आवश्यक कागजपत्रहरु मन्त्रालयमा पेश गर्न मन्त्री त्रिपाठीले आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्