बीपी बिचार राष्ट्रिय समाज सोलुखुम्बुले पायो पूर्णता

केदार बस्नेत
सोलुखुम्बु, १७ पुस।वीपी बिचार राष्ट्रिय समाज सोलुखुम्बुका अध्यक्ष चन्द्र आचार्यले आफ्नो नेतृत्वको जिल्ला शाखालाइ पूर्णता दिएका छन।

४४ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बिस्तारित समाजको सोलुखुम्बु शाखामा उपाध्यक्ष कर्ण बहादुर बिश्वकर्मा (माप्य दुधकोशी) सचिव बिक्रान्त कुलुङ(महाकुलुङ),सहसचिव पासाङ शेर्पा (खुम्बुपासाङ्ल्हमु) र
कोषाध्यक्ष : गान्धिमाया तामाङ , (सोलु दुनपा) रहेको जनाइएको छ।
यसैगरी अमृता राई (माप्यदुधकोशी)
तेन्जिङ शेर्पा (सोलु दुनपा) ,द्रोण बास्तोला (नेचासल्यान) र मिलन केसी (नेचासल्यान) सदस्य रहेको समाजले जनाएको छ।
कांग्रेस संस्थापक नेता बीपी कोइरालाको बिचारलाई आत्मसात गरि यसलाई अझ व्यापक बनाउने उद्देश्यसहित स्थापित यो समाजको केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङ रहेका छन।

