थुलुङ दुधकोसी : ४५ विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री बितरण



सोलुखुम्बु, १७ पुस।जिल्लाको थुलुङ दुधकोशीमा रहेको बहुप्राविधिक शिक्षालयमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई गाउँपालिकाले नि:शुल्क शैक्षिक सामाग्री उपलब्ध गराएको छ।

प्राविधिक शिक्षा आर्जनमा सहयोग पुगोस् भन्ने हेतुले थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बिहिवार ४५ विद्यार्थीलाई ६० हजार बराबरको इन्जिनियरिङ सम्बन्धि शैक्षिक सामाग्री वितरण गर्नुभएको गाउँपालिका प्रवक्ता तथा वडा नं ९ लोखिमका वडाअध्यक्ष भुपाल सिं राईले जानकारी दिए ।

प्रबक्ता राइका अनुसार विद्यार्थीहरुलाइ सेट स्वायर, कम्पास, डिभाइटर, ड्रोइङ सिट कन्टेनर, टि स्केल लगायतका इन्जिनियरिङ सम्बन्धि सामाग्री नि:शुल्क वितरण गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्