सोलुखुम्बुका पाँच सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिने



खगिन्द्र राज बास्तोला
काठमाडौं, २५ मंसिर ।सोलुखुम्बुका ५ ओटा सामुदायिक विद्यालय , एडुटेक‌ नेपाल र हिमालयन ट्रष्ट नेपालबीच सामुदायिक विद्यालयमा‌ कम्प्युटर ‌ल्याब व्यवस्थापनका‌‌ लागि सम्झौता भएको छ ।

यस वर्ष सोलुखुम्बुका युवा बर्ष आधारभूत विद्यालय मन्जु, जीवन ज्योति मावि नेले, छेस्काम‌ मावि छेस्काम, हिमालय‌ मावि जुबु, सगरमाथा मावि वाकु रुकुमको बेसिक स्कुल नाखिरा चौरझारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा एडुटेक नेपालका अध्यक्ष दियना सिलवाल प्रधान, हिमालयन ट्रष्ट नेपालको तर्फबाट डा. मिङ्मा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। विद्यालयको क्रमशः तर्फबाट खगिन्द्रराज बास्तोला, प्रभुराम बस्नेत,  विद्याराज राई, बलबहादुर राई, तेजबहादुर बस्नेत, महलसिंह राई‌ र भुपालसिंह रानामगरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको एडुटेक नेपालका फाइन्यान्स अधिकृत प्रतिमा शर्माले बताउनुभयो ।

न्यूजिल्याण्ड प्रवासी श्रीमान् /श्रीमती माइक र सेरिल चिसोल्मले नेपालमा एडुटेक नेपाल गैरसरकारी संस्थाको रुपमा स्थापना गर्नुभएको हो र उहाँहरुले नेपाली बालबालिकाहरु पनि अाधुनिक जमानामा ICT को‌ व्यवहारिक शिक्षा बाट बञ्चित हुन नपरोस् भनी नेपाली सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब तयार गर्दा लाग्ने आवश्यक भौतिक समानहरु, मूल विषयका सहयोगी पाठ्यक्रमहरू र आवश्यक प्रशिक्षण तथा ‌ प्राविधिक सहयोग गर्ने उद्देश्य रहेको एडुटेक नेपालका कार्यक्रम ‌म्यानेजर अशोक डल्लीले बताउनुभयो । विद्यालय तहसम्म कार्यक्रम ‌लागु गर्न हिमालयन ट्रष्ट नेपाल, रोटरी क्लब पोखरा, किस्क इक्युप, कर्म फ्लाइट जस्ता संस्थाहरु‌ सहकार्यमा‌ विद्यालय तहमा कार्यक्रम सफल रहेको एडुटेकका अध्यक्ष ‌दियना सिलवाल प्रधानको धारणा रहेको छ।

सोलुखुम्बु जिल्लामा भने हिमालयन ट्रष्ट नेपाल, एडुटेक नेपाल , गाउँपालिका र विद्यालयको सहकार्यमा कम्प्युटर ल्याब व्यवस्थापनको‌ कार्यक्रम सम्पन्न ‌हुने हिमालयन ट्रष्ट नेपालका प्रमुख प्रशासकीय अधिकृत मिङ्मा नोर्बु शेर्पाले जानकारी दिनुभयो। सोलुखुम्बु १५ विद्यालयमा अघिल्लो वर्षमा कम्प्युटर ल्याब व्यवस्थापन भएको र यस वर्ष ५ विद्यालयमा ल्याब व्यवस्थापनको समझौता अनुसार छिट्टै ‌काम सम्पन्न गरी बालबालिकालाई प्रविधीको क्षेत्रमा सरिक गराउने विद्यालयहरू विश्वस्त रहेको छन्‌ ।

प्रतिक्रिया दिनुहोस्