लोक गायकद्वय बनेम र केरुङको पूर्बेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक



काठमाडौं, २५ मंसिर । गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ।

दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ। यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न सकिने छ।
गीतको रचना तथा संगीत शिवसंगम राईको रहेको छ। गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई देखाइएको गायक वनेमले बताए ।

प्रतिक्रिया दिनुहोस्