नेपाल इन्भेष्टमेन्ट बैंकलाई ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने अनुमति




काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ ।

बैंकले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्