सानिमा बैंकले थाल्यो कर्पोरेट पे प्रणाली



काठमाडौं। सानिमा बैंकले व्यावसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न ‘कर्पोरेट पे’ प्रणाली प्रयोगमा ल्याएको छ। कर्पोरेट पे सोलुसन नेपाल क्लियरिङ हाउसले प्रवर्द्धन गरेको बैंकिङ कारोबारको विद्युतीय माध्यम हो।

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई दिएको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका बिभिन्न व्यावसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सकिने बैंकले जनाएको छ।

उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस वा एनसिएचएल आईपिएसमा ‘रियल टाइम’ वा ‘नन् रियल टाइम’ मा भुक्तानी गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार कर्पोरेट पेमा आबद्ध हुनका लागि व्यावसायिक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी आफैंले तोकेको कारोबार सीमाभित्रका कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिन्छ। यस प्रणालीमा मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ। कुनै पनि कारोबारको प्रविष्टी तथा स्वीकृतिका लागि ग्राहक आफैंले तोकेका आधिकारिक प्रयोगकर्ताहरुले यसको प्रयोग गर्न पाउने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्