खुम्बु पासाङल्हामू: २० कांग्रेस कार्यकर्ता नेकपामा प्रवेश



सोलुखुम्बु , १२ मंसिर –  जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं- १ खरिखोलामा नेकपा वडा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी २० जना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ङिमदोर्जी शेर्पाको प्रमुख आतिथ्यता, गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाको विशेष आतिथ्यता तथा वडा कमिटी अध्यक्ष ङिमतेन्डी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेको नेकपा वडा सचिव लाक्पा गेलु शेर्पाले बताए ।

कांग्रेस परित्याग गरि नेकपा प्रवेश गर्नेहरुमा फुछोतर शेर्पा,ङिम दोर्जी शेर्पा ,पासाङ रिन्जी शेर्पा ,आङ दावा शेर्पा ,सोनाम शेर्पा लगायत रहेको गाउँपालिका प्रबक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो। उता लुक्लामा कांग्रेसद्वारा आजै आयोजित एक कार्यक्रममा १ सय ५२ जना पार्टी प्रवेश गरेको बताइएको छ। सोही कार्यक्रममा नेपाल तरुण दल वडा नं २ र ३ को गठन गरिएको छ ।

ङिमा दोर्जी शेर्पा र आङ छिरिङ शेर्पाको अध्यक्षतामा १३/१३ सदस्सीय वडा कमिटी गठन गरिएको थियो। कार्यक्रम नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका सभापति पेम्बा छिरिङ शेर्पाको अध्यक्षता, आदिवासी जनजाति केन्द्रीय सदस्य आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यता र खुम्बु काङ्ग्रेसका नेता हरुको उपस्थिति रहेको प्रवक्ता शेर्पा को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्