राजा सहितको हिन्दु राज्य माग



काठमाडौँ, मङ्सिर ११ – जनतान्त्रिक तराई मुक्ति मोर्चाले ‘राष्ट्रिय नागरिक आन्दोलन–२०७७’ घोषणा गर्दै राष्ट्रिय स्वाधिनता,एकता,स्वतन्त्रता,पहिचान, गौरव,इतिहास,धर्म,संस्कृति,परम्परालाई संरक्षण एवम् प्रवर्धन गर्न राजसंस्थासहितको धर्मसापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरेको छ ।

मोर्चाले २०४६ सालको परिवर्तनलाई तथाकथित परिवर्तनको संज्ञा दिँदै त्यसपछि मुलुकमा वैदेशिक हस्तक्षेप,भ्रष्टाचार,राज्य आतंक,कुसंस्कार,अनियमिततालगायतका बेथिति भित्रिएको आरोप लगाएको छ । उसले १२ बुँदे दिल्ली सम्झौता र बृहत शान्ति सम्झौतालाई समेत दूरगामी वैदेशिक षडयन्त्रको उपज भन्दै संघर्षका कार्यक्रम र आधिकारिक नाराहरू तय गरेको छ ।

मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झाको तर्फबाट मंसीर १० गते जारी विज्ञप्तिमा १३ वटा नारा तय गरिएको छ । त्यस्तै,अन्तर संगठन निर्देशन एवम् संघर्षका कार्यक्रमअन्तर्गत यहि मंसीर मसान्तसम्म जनजागरणका विविध कार्यक्रम सञ्चालन गर्नेसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्