विपश्यनासँग नेकपा (माओवादी केन्द्र)को औपचारिक रुपमै सम्बन्ध विच्छेद



काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक तथा विशेष भेला सम्पन्न भएको छ । काठमाडौंको जोरपाटीमा हालै सम्पन्न सो बैठकले भएको छ । बैठकले पार्टीको वैचाकि, राजनीतिक र संगठन सम्बन्धी विभिन्न निर्णय गरेको सो पार्टीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
केन्द्रीय समिति बैठकले पार्टीमा विवादित बनेको विपश्यनासँग स्पष्ट रुपमा सम्बन्ध विच्छेद गरेको पनि जनाइएको छ । बैठकले गत आश्विन २५ र २६ गते बसेको पोलिटव्यूरो बैठकको निर्णय नं. १ र निर्णय नं. २ लाई अनुमोदन गर्दै महासचिव कर्णजीत बुढाथोकीको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ ।
बैठकमा देशभरका नेताहरुको ठूलै सहभागिता रहेको थियो । बैठकमा महासचिव बुढाथोकीले राजनीतिक तथा संगठनात्मक विषयमा वर्तमान परिस्थिति र ऐतिहासिक कार्यभार विषयक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि सहभागी नेताहरुले छलफल गर्दै प्रदेश, जिल्ला र जवस मोर्चाको कार्यविभाजनको समेत महत्वपूर्ण निर्णय गरिएको बताइएको छ ।
माओवादी केन्द्रमा माओवादी नेता कार्यकर्ताहरु एकातिर र व्यक्तिवादी अराजकतावादमा फसेकाहरु अर्कोतिर बाडिएका छन् । नेकपा (माओवादी केन्द्र) को बैठकबाट विपश्यनावादी समूह र मार्क्सवादी कित्ता स्पष्ट रुपमा छुट्टिएको छ । माओवादी केन्द्रको बैठक तथा भेलामा सहभागी नेताहरुले मार्क्सवाद, लेनिनवाद र माओवादको पथ प्रदर्शक सिद्धान्तलाई स्विकार्ने र नेपाली विशिष्ठतामा मार्क्सवादको विकास गर्दै जनयुद्धका बाँकी कार्यभार सम्पन्न गर्ने प्रतिवद्धता गरेका छन् । साथै जनमुक्ति सेना दिवसको अवसर पारेर शुरु गरिएको उक्त भेलामा माओवादी केन्द्रले महान जनयुद्ध, जनयोद्धा, शहीद, बेपत्ता परिवार, अपांग र आम न्यायपूर्ण जनसमुदायलाई सम्झना समेत गरेको छ ।
साथै कार्यवाहक अध्यक्ष तिलक थापामगरले महासचिव शुशिललाई पार्टीको अध्यक्षका रुपमा प्रस्ताव गर्नु भएकोमा सर्वसम्मतले पारित गरेको छ । साथै पार्टी विधानलाई पनि आवश्यक संशोधन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्