छिमेकी मुलुकका प्रतिनिधिको भ्रमण आपसी सम्बन्ध सुधारमा केन्द्रीत हुनुपर्नेमा बीपी कांग्रेसको जोड



काठमाडौं, ११ मंसिर ।नेपाली काग्रेस (बीपी) ले नेपालका दुई छिमेकी मित्र राष्ट्र भारत र चीनका प्रतिनिधिहरुको आसन्न नेपाल भ्रमण को स्वागत गरेको छ। भारतीय बिदेश मन्त्रालयका नयाँ परराष्ट्र सचिब हर्षबर्धन शृंगलाको बिहिवारबाट हुने भ्रमण तथा चीनियां रक्षामन्त्री जनरल वेई फेङहेको १४ गते हुने भ्रमणले आपसी सम्बन्ध सुधारमा केन्द्रित हुनुपर्ने भन्दै सो पार्टीद्वारा जारी प्रेस बिज्ञप्तिमा अगाडी भनिएको छ- नेपाल र भारतीय सरकार बिच कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर कुटनैतीक संवाद हुन नसकि रहेको अबस्थामा भारतीय नयाँ बिदेश सचिब हर्षबर्धन शृंगला ज्यू, को सदभावना तथा भारतीय सरकारका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यूको कुटनैतिक संदेशसहितको भ्रमणबाट नेपाल-भारत सरकारबीच पुन कुटनैतिक सम्बन्ध कायम होस् तथाकालापानी-लिपुलेक-लिम्पियाधुरा तथा सुस्ता लगायत सीमा क्षेत्र र बिवादित समस्याहरु तयारीका साथ नेपाल सरकारले राखोस् साथै श्री हर्ष बधर्न शृंगला ज्युको नेपाल भ्रमणको सफलताको कामना गर्दछौ।

त्यस्तै मित्र राष्ट्र चिनतर्फ बाट पनि लगतै रक्षामन्त्री सम्माननिय जनरल वेई फेङहे ज्यूको भ्रमण सम्माननीय राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणको समयमा घोषणा भएको रणनीतिक साझेदारीको कार्यन्वयन एबम दुई देश बीचका सुरक्षा, राजनीतिक मुद्दामा छलफलका भ्रमण हुन गइरहेकोप्रति हाम्रो पार्टी स्वागत गर्दछ । साथै सम्माननीय जनरल वेई फेङहे ज्यू, को यस भ्रमणको समयमा नेपाल सरकारले हुम्ला जिल्लाको नेपाल तर्फ सिमा तथा स्तम्बहरु चिनीयां पक्षले हटाएको सम्बन्धमा पनि संवाद तथा निराकरण गरियोस् ।

स्मरण रहोस् अचानक भारतीय ‘र’ एजेन्टका प्रमुख सामन्त कुमार गोयल ज्यू, को नेपाल भ्रमणलाई जसरी नेपाल सरकारले भारतीय सरकारका सम्माननिय प्रधानमन्त्री मोदिको बिशेष दूतको रुपमा भनि प्रचार गरि भेट गरियो ।यसले नेपालका प्रधानमन्त्रीको अन्तराष्ट्रिय स्तरमा बेइज्जत हुनुका साथै उचाई घटाएको हाम्रो ठहर छ ।

आज भारतीय बिदेश सचिब हर्षबर्धन शृंगला ज्यू, को भ्रमणलाई नै भारतीय सरकारको बिशेष दुतको रुपमा नेपाल सरकार तथा नेपाली जनताले लिने छन् ।

त्यस्तै नेपाली सेना प्रमुख पुर्ण चन्द्र थापाको निमन्त्रणामा पाल्नु भएका भारतीय स्थल सेना प्रमुख नरभाणे को भ्रमणलाई कुटनैतिक सम्बन्ध कायम गर्ने भनि जसरी प्रचार गरियो त्यसप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण हुन् गएको थियो । साथै नेपालको सीमा कालापानी-लिपुलेक-लिम्पियाधुरका बारे विवादास्पद अभिव्यक्ति दिने नरभाणेको अभिव्यक्ति फिर्ता नभई नेपाल भ्रमण हुनुले नेपाल र नेपालीहरुको आत्मसम्मानमा ठेस पुगेको तथा नेपाल सरकारले लम्पसारवाद देखाएकोप्रति गम्भीर ध्यानाकर्षण हुदैँ उक्त अभिव्यक्ति फिर्ता बिना भ्रमण तथा द्रर्ज्यानी चिन्ह प्रदान गरिनु राष्ट्रियताको पक्षमा नरहेकोले अभिव्यक्ति फिर्ता पछी मात्र भ्रमण तथा दर्ज्यानी प्रदान गरिनुपर्छ भनि नेपाल सरकारको लम्पसारवादको विरोधमा नरभाणे को तीनै दिनको भ्रमणमा कालो झण्डा प्रदर्शन गरिएको जानकारी गराउँदछ, कार्यालय सचिब सुशीलराज वाग्लेद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्