गजल
सावित्रा खत्री नितु
दु:ख पीडामा आफन्तहरु सबै बसाइँ सर्छन्
प्रगति गरेर देखाउनुस् आफ्नैले आँखा तर्छन्
मलाई कसैको छातीमा टेकेर अग्लो हुनु छैन
देख्ने हरुले मुल्यांकन गहिराईको पनि गर्छन्
ओठमा मुस्कान देख्दा नसम्झिनु खुशी होला
प्रकाश दिने जुनको पनि रातमा आँसु झर्छन्
सायद त्यो पल म पनि दुनियाँमा नहुन सक्छु
जब तिम्रा तस्बिरहरु आँखाबाट ओझेल पर्छन्
खेलौना लाग्छ कसैको जिन्दगी खेल्ने हरुलाई
सोझा साझा रहरले होईन बाध्यताले मर्छन् ।।
मोरङ्ग