अधिबक्ता बस्नेतद्वारा स्वास्थ्य चौकी निर्माणका लागि तीन रोपनी जग्गादान



सोलुखुम्बु , ३० कार्तिक ।नेपाली कांग्रेस सोलुखुम्बुका युबा नेता राजनजंग बस्नेतले स्वास्थ्यचौकी निर्माणका लागि नि:शुल्क जग्गादान गरेका छन् ।राजधानीमा रहेर कानुन ब्यबसायमा समेत सक्रिय अधिबक्ता समेत रहेका युबानेता बस्नेतले स्वर्गीय बुवा पुण्यध्वज बस्नेतको स्मृतिमा जिल्लाको लिखुपिके गाउँपालिका वडा नं ५ किन्जामा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माणका लागि ३ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका हुन।

लिखु हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने रकमले सो जग्गामा बर्थिङ सेन्टर , ल्याव र भिडियो एक्सरे लगायतका सेवाहरु सहितको स्वास्थ्य चौकी निर्माण हुने वडाअध्यक्ष निमछिरी शेर्पाले बताए।

लिखुपिके र आसपासका जनता लाई सहज र सरल तरिकाले यो स्वास्थ्य चौकीबाट राम्रो र स्तरीय स्वास्थ्य सेवा दिनका लागि आवश्यक पुर्वाधार र जनशक्तिका लागि पनि हाइड्रोपावर , गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसंग आवश्यक छलफल गर्दै अगाडि जाने वडाको योजना रहेको उनले धारणा राखे ।

यसैको लागि हाइड्रोपावर , जग्गादाता बस्नेत,गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतसहित वडाको तर्फबाट जग्गा स्वास्थ्य चौकी निर्माण तत्काल अगाडि बढाउने कुरामा त्रिपक्षिय सम्झौता सम्झौता भएको छ।

हाल लाई किन्जामा रहेको स्वास्थ्य दरबन्दीमा कार्यरत जनशक्ति बाट सेवा सुरु गराइ आवश्यक स्वास्थ्य सेवा र जनशक्ति बढाउंदै लाने पालिका अध्यक्ष बस्नेतले बताए । जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका जिम्मेवार छ भन्ने कुराको यो दरिलो नमुना भएको पनि उनले स्पष्ट पारे।

त्रिपक्षिय सम्झौतामा एम.भी.दुगड( हाइड्रोपावर ) का तर्फबाट बिबेक दुगड, लिखुपिके वडा नम्बर -५ को तर्फबाट वडाअध्यक्ष निमछिरी शेर्पा र जग्गाधनीको तर्फबाट अधिवक्ता बस्नेतले हस्ताक्षर गरेका छन ।

यस्तै स्वास्थ्य चौकी निर्माण गर्न भन्दै जग्गा निशुल्क उपलब्ध गराउन इच्छुक व्यक्तिले निवेदन दिन वडा नम्बर -३ ले पनि सार्वजनिक सूचना जारी गरिसकेको छ।

स्वर्गीय बुबाको स्मृतिमा धर्मपत्नी सहितको सहमतिमा जग्गा उपलब्ध गराएको बस्नेतले बताए , बुबाको निरन्तरको सामाजिक सेवाप्रतिको लगावलाई सम्मान गर्दै स्वास्थ्य जस्तो महत्त्वपूर्ण क्षेत्रको लागि जग्गा उपलब्ध गराउन पाउँदा असाध्यै खुशी लागेको बस्नेतले भनाइ छ।

प्रतिक्रिया दिनुहोस्