क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्वक्लब म्यान्चेस्टर युनाइटेड जाने तयारीमा



एजेन्सी। पछिल्लो समय पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्वक्लब म्यान्चेस्टर युनाइटेड जाने तयारीमा रहेको बताइएको छ । एएस इङ्लिसका अनुसार प्रिमियर लिग क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने प्रयास गरेको हो ।

रोनाल्डोले सन् २००३ मा प्रिमियर लिग क्लब युनाइटेडमा अनुबन्ध भएका थिए । उनी पोर्चुगली क्लब स्पोर्टिङ सीपीबाट युनाइटेडमा अनुबन्ध भएका थिए । रोनाल्डोले युनाइटेडमा करिब ६ वर्ष बिताएर १९६ लिग खेल खेल्दै ८४ गोल गरेका थिए ।

त्यसपछि सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिडमा उनले करिब १० सिजन बिताउँदै २९२ लिग खेल खेलेर ३११ गोल गरेका थिए । सन् २०१८ मा इटालियन क्लबमा आएका रोनाल्डोले क्लबका लागि ६८ लिग खेल खेल्दै ५८ गोल गरेका छन् ।

“युनाइटेडले रोनाल्डो क्लबमा ल्याउन अफर गरिसकेको छ । इटालियन क्लबले पनि यो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न नसके रोनाल्डोलाई बेच्‍ने योजना बनाएको छ,” स्पोर्टस् वाइटनेसलाई उदृत गर्दै एएस रोमाले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्