मेरी आमा गीतको म्युजिक भिडियो सार्बजनिक



रचनाकार तथा निर्देशक दुर्लभ जन्तरे र युवा गायक अभिषेक राई को मेरी आमा बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएकोछ। नेपाली साङि्गतिक क्षेत्रमा अब्बल संभावना बोकेको रचनाकार तथा निर्देशक दुर्लभ जन्तरे को मार्मिक गीत गरिबिको कारण विदेशीनुको पिडामा आधारित रहेकोछ। दुर्लभ जन्तरेको शब्द तथा रचना, टेक नाछिरिङको संगीत, अभिषेक राईको स्वर रहेको गीतलाइ बरिस्ठ एरेन्जर कृष्ण भक्त राइले एरेन्ज गर्नु भएको हो। पदम रजान मगरले रेकर्ड अनि मुस्कान मुकारुङ्ले मिक्सिङ गर्नु भएको हो भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

पछिल्लो समय चर्चामा रहेको युवा निर्देशक, स्कृप्ट राइटर तथा रचनाकार दुर्लभ जन्तरेले गीतको भिडियोको कथा लेखन तथा निर्देशन गर्नुभएको हो। गरिबिको कारण विदेशीनुको पिडा मुख्य बिषयलाइ निर्देशक दुर्लभ जन्तरेले मनोरञ्जनात्मक तथा मार्मिक तरिकाले देखाउन खोजिएको कुरा बताउनु भयो। गीत गरिब हुनुको पिडामा आधारित कथा बस्तु समेटिएको गीतको गीती भिडियो हेरिसकेपछि धेरैको आँखा रसाएको छ भने अडियो तथा भिडियो सबै पक्ष अब्बल रहेको नेपाली साङ्गितिक क्षेत्रमा दुर्लभ जन्तरेको कथा तथा निर्देशनले फरक स्वाद दिएको युवा समाजसेवी तथा जनता फाउन्डेशन नेपालका अध्यक्ष लक्ष्मण मिसन कार्कीले वताउनुभयो।

गीतमा चर्चित कलाकार कविता आलेमगर, र जीवन राई (जितेन्द्र)को मुख्य भुमिका रहेको छ भने दुर्लभ जन्तरे,टेक नाछिरिङ, तिर्सना राई,लक्ष्मण मिसन कार्की लगायतको भुमिका रहेको छ। भिडियोको कथा परिकल्पना तथा निर्देशन दुर्लभ जन्तरेले,सम्पादन मिंगमा शेर्पाले,श्रृंगार अस्मिता राई,ड्रोन किरण रस्का तथा छायांकार दुर्गा वान्तवा राईले छायांकन गर्नु भएको उक्त भिडियो highlights nepal युट्युब च्यानलवाट रिलिज गरिएकोछ।

/a>

प्रतिक्रिया दिनुहोस्