बिकास निर्माणको अवलोकन र स्थानीयहरुसंग परामर्श गर्दै सांसद राई जिल्ला भ्रमणमा



सोलुखुम्बु, २८ भाद्र । स्थानीय बिकासको अनुगमन र आवश्यकताका सन्दर्भमा जनताको सुझाव संकलनका लागि भन्दै जिल्ला भ्रमण सुरु गरेका सोलुखुम्बुबाट निर्बाचित संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ ले गृह गाउँ नेचासल्यानका सबै वडाहरुमा पुगि स्थानीय जनतासंग भलाकुसारी गरेका छन।

 

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्ला कमिटी सचिब गोम्बु शेर्पा ‘कर्ज्याङ’ जिल्ला समन्वय समितिका सदस्य रामकाजी राई, राष्ट्रिय युबा संघका केन्द्रीय सदस्य प्रज्वल राई, विद्यार्थी नेता भुपेन्द्र कटेलसहित स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताहरुसंगै टोल टोलमा पुगि सांसद राइले गर्नुपर्ने काम र बिकास निर्माणका बिषयमा अन्तरकृया गर्ने गरेको तत्कालीन सोलुखुम्बु जिल्ला बिकास समितिका उपसभापति एबम नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुका नेता पुण्यप्रसाद दाहालले रहस्यखबरलाइ बताए ।

साविकको नेचा बेतघारी गाबिसका विभिन्न टोलपछि बतासे हुँदै सांसद राइले शनिबार सल्यानका स्थानीय र पार्टी कार्यकर्ताहरुसंग अन्तरकृया गरेको बताइएको छ।

संघीय, प्रदेश र स्थानीय तहबाट भएका पूर्बाधार बिकास र संचालित आयोजनाहरुको स्थलगत अनुगमनका क्रममा सांसद राइले दिगो बिकास सबैको प्राथमिकता हुनुपर्ने बताए।सांसद राइले वडा न २ सल्यानमा निर्माणाधीन खेलकुद मैदान, खानेपानी (लिफटिङ) र गुरूकुलभबन लगायतको अनुगमन पछि गुरुकुलमा आयोजित संक्षिप्त कार्यक्रममा स्थानीय सडक कालोपत्रे गर्ने कामका साथै सोलुखोलामा पुल निर्माणको काम छिट्टै गरिने जानकारी दिए।उनले गुरुकुलका लागि सक्दो सहयोग आफुबाट हुने जानकारी त्यस अबसरमा गराएको सन्चालक दाहालले बताए ।

नेचासल्यानपछि सोलुदुधकुण्ड हुँदै सांसद राइले जिल्लाका अन्य गाउँपालिकाहरुको भ्रमण गर्ने कार्यक्रम रहेको विद्यार्थी नेता कटेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्