उपत्यकामा भोलिदेखि निषेधाज्ञा खुकुलो, जोर बिजोर गरी सवारीसाधन पनि चल्ने



काठमाडौं, २४ भाद्र । काठमाडौ उपत्यकामा तीन साता यतादेखि लागु गरिएको निषेधाज्ञा बिहिवारदेखि खुकुलो बनाइएको छ।गृह मन्त्रालयकाअधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका हुन।

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृह मन्त्रालयमा पठाएको मोडालिटी स्वीकृत भएसँगै उपत्यकाको निषेधाज्ञा खुकुलो बनेको हो । नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो । तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहने छन् ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजा बाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्