भर्चुअल तेक्वान्दोमा नेपाली सेनाका खेलाडीलाई स्वर्ण



काठमाडौं,१६ भाद्र।काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा भदौ १३ देखि १४ सम्म सञ्चालन भएको पहिलो काठमाडौं भर्चुअल तेक्वान्दो नेसनल ओपन पुम्से प्रतियोगितामा नेपाली सेनाका खेलाडीले स्वर्ण जितेका छन्।

नेपाली सेनाका अनुसार त्रिभुवन आर्मी क्लबका प्युठ निता गुरुङले महिला १८ देखि ३० वर्ष समूह तर्फ स्वर्ण पदक जितेकी हुन्।

सेनाका दिपेन्द्र गुरुङले पुरुष १८ देखि ३० वर्ष समूह तर्फ रजत पदक जित्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्