अध्यक्ष राईद्वारा थुलुङ दुधकोशीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग हस्तान्तरण



सोलुखुम्बु, १ भदौ। अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित पालिकाबासीलाइ थुलुङदुधकोशी गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ।

बाढी पहिरोबाट प्रभावित परिवारको निवेदन,सम्बन्धित वडाको सिफारिस र प्रहरीको मुचुल्काका आधारमा प्राबिधिकको स्थलगत प्रतिबेदनपछि पीडित परिवारलाई राहत स्वरुप नगद सहयोग उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष अशिम राइले जानकारी दिनुभयो ।

अध्यक्ष राइका अनुसार प्राबिधिकको स्थलगत प्रतिबेदनका आधारमा क्षतिको वर्गीकरण गरि गाउँ कार्यपालिकाको निर्णय अनुसार पालिकाले प्रभावितलाई २० हजार ,मध्यमलाई १५ हजार र सामान्यलाई १० हजार उपलब्ध गराएको हो।

वर्गीकरण अनुसार पंचनका राकेश राइलाई १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ भने अन्य प्रभावितले १० हजार नगदसहित केहिलाइ एक थान पाल उपलब्ध गराइएको अध्यक्ष राइको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार १० हजार आर्थिक सहयोग प्राप्त गर्नेमा गणेश बहादुर दमाई (मुक्ली) ,टिकाराम दमाई (मुक्ली) , कैलाश दमाई (मुक्ली) ,फुर कुमार राई (जुबु ४) ,एक बहादुर राई (जुबु ४), रबिन राई (जुबु ४),रणधीर राइ (जुबु ४),सुमन राई (जुबु ४), रुद्र बहादुर नेपाली (जुबु ५) रण बहादुर कामी (नेले), यमुना काफ्ले (मुक्ली)रहेका छन।

प्रभावितहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष राइले मनसुनको समयमा पर्ने अविरल बर्षाका कारण प्राकृतिक प्रकोपका कारण धनजनको अत्यधिक क्षति हुने गरेको बताउंदै यसबाट जोगिनका लागि सबै सचेत र जागरुक हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्