सोलुखुम्बु : पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको कांग्रेस नेता कार्कीको घोषणा



काठमाडौं, १३ साउन ।नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्कीले पार्टीलाई बिधिसम्मत ढंगबाट सन्चालन गर्न सके संसारको कुनै पनि शक्तिले सोलुखुम्बु जिल्लामा नेपाली कांग्रेसलाई हराउन नसक्ने बताएका छन। नेपाली कांग्रेस सोलुखुम्बुको आशन्न जिल्ला अधिबेशन र खुम्बुपासाङ ल्हामु गाउँपालिकाको भावी कार्ययोजना, कृयाशील सदस्यता बितरण र नवीकरणका सन्दर्भमा राजधानीमा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले सो कुरा बताएका हुन।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेत, अर्का नेता आङछिरिङ शेर्पा,टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्की, युबानेताहरु राजन बस्नेत र मनोज खडका,नेपाल महिला संघकी केन्द्रीय सदस्य डोल्मा तामाङ र खुम्बुपासाङ ल्हामु कांग्रेसका नेता चुङ्बा शेर्पा,नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बांस्तोला लगायतको बाक्लो उपस्तिथिमा सम्पन्न छलफल कार्यक्रमका बक्ताहरुले जिल्लाका दोश्रो तथा तेस्रो पुष्ताका नेताहरूले ब्यक्तिगत स्वार्थसिद्ध गर्न पार्टीलाई गुट उपगुटमा बिभाजित गर्न मलजल गरेको आरोप लगाएका थिए।उनीहरुले जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजानका लागि सबैले आ आफ्नो तहबाट दबाब अभियान चलाउनआग्रह समेत गरेका छन। कार्यक्रममा बोल्दै कांग्रेस नेता कार्कीले जिल्लामा पार्टीलाई एकढिक्का बनाएर लैजान सक्दो प्रयास गरिरहेको जानकारी दिंदै पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए।
नेपाली काङ्ग्रेस कुनै अमुक ब्यक्तिको नभएर आम जनताको पार्टी भएकोलबताउंदै उनले भने- पार्टी मेरो पेवा हो भनेर यदि कोहि लागेको छ भने त्यो मुर्खता बाहेक केहि होइन।उनले पार्टीलाई पेवा ठान्नेहरुकै कारण पार्टीको अस्तित्व खतरामा परेको भन्दै सबै नेता कार्यकर्तालाइ सचेत रहन आग्रह समेत गरे । आफुले गरेको मात्र ठिक अरुले गरेको केही हैन भन्ने कतिपयको दृष्टिदोषका कारण कार्यकर्तामा निराशा उत्पन्न हुन थालेको दावी समेत कार्कीले गरेका थिए ।उनले कांग्रेसमा लामो लगानी गरेका सबैले कृयाशील सदस्यता पाउनुपर्ने बताउंदै उनले बितरण हुने चरणमा रहेको कृयाशिल सदस्यता विधि र बिधान अनुसार गर्न आग्रह पनि गरे। कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता रामबहादुर बस्नेतले काङ्ग्रेस मिलेर जानुको विकल्प छैन पुराना कुराहरु सबैले भुलेर नबिनम एकताका साथ काङ्ग्रेसको विधि ,बिधान र पद्धतिलाई आत्मसात गर्दै अगाडि नबढेको खण्डमा काङ्ग्रेस अगाडि जान सक्दैन भन्दै एकतामा जोड दिए। काङ्ग्रेस मिलेमा आफू जस्तो सुकै त्याग गर्न तयार रहेको बताउदै नेता बस्नेतले जहिले पनि आफू काङ्ग्रेस मिलाउने भुमिकामा रहने बताए। अर्का नेता आङछिरिङ शेर्पाले आफुले पार्टी मिलाउने प्रयास गर्दा पनि नेताहरुले शङ्काको दृस्टिले हेरेको भन्दै आफू त्यस्तो नरहेको र पार्टी मिलोस भन्ने चाहना आफ्नो रहेको धारणा राखे ।
नेपाली काङ्ग्रेसलाई एकताका साथ ठुलो शक्ति निर्माण नगरी आफू बिश्राम नलिने भन्दै नेपाली काङ्ग्रेस खुम्बुपासाङल्हामु गाउपलिकालाई जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको घोषणा उनले गरे। अब पार्टी, सरकार युवाहरूले चलाउनु पर्ने धारणा राख्दै शेर्पाले युवाहरूलाई खुम्बुपासाङल्हामु गाउपालिका कुनै गुट उपगुटमा नलाग्ने स्पष्ट पारेका थिए। नेपाल महिला संघ केन्द्रिय सदस्य एबम केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिस्ठानकी केन्द्रिय सदस्य डोल्मा तामाङले पनि पार्टी एकतामा जोड दिदै त्यसो नगरिए काङ्ग्रेस माथि खतरा रहेको धारणा व्यक्त गरेकी थिइन । कांग्रेस नेता एबम स्थानीय निर्वाचनमा काङ्ग्रेसको तर्फबाट खुम्बुपासाङ्ल्हामु गाउँ पालिका उमेदवार चुङ्बा शेर्पाले काङ्ग्रेस नमिलेका कारण चुनावमा पराजित भएको तितो अनुभव सुनाउदै आफ्नो घमण्ड त्यागेर मिल्नको लागि नेताहरुलाइ अनुरोध गरेका थिए। कार्यक्रममा नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोलाले पटकपटक नेताहरूलाई मिल्न दबाब दिदै आएको तर सुनुवाइ नभएको भन्दै अब त्यसो नगर्न आग्रह गरे ।
बास्तोलाले नेता प्रकाश सिंह कार्की लगायत नेताहरूले लिएको नेपाली काङ्ग्रेस एकताको अभियानमा आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका थिए। सोही कार्यक्रममा नेता लाक्पानुरु शेर्पाले समेत सबैलाइ एकजुट भएर लाग्न र आफ्नो साथ रहने स्पष्ट पारेका थिए । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता दिनराज बास्तोलाले काङ्ग्रेसलाई एक बनाउन भातृ सस्थाहरुको समेत भुमिका गहन भएको हुँदा सबैलाइ आ आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो। बास्तोलाले खुम्बुपासाङल्हामु गाउँ पालिका आफैमा बिशेष पहिचान बोकेको गाउपालिका भएकोले काङ्ग्रेस भित्र आन्तरिक समीकरणमा महत्त्वपूर्ण भुमिका खेल्न सक्ने भन्दै काङ्ग्रेस मिलाउने भुमिका खेल्नपर्ने धारणा व्यक्त गरेका थिए । सो कार्यक्रम खुम्बुपासाङल्हामु गाउपालिका युवा नेताहरु आङदोर्जी शेर्पा, फुनुरु शेर्पा,छिरिङ सोनाम शेर्पा,सोनाम ग्याल्जेन शेर्पा,सनम शेर्पा,मिङ्मा शेर्पा,आङ दोर्जी शेर्पा ,दावाफिन्जो शेर्पा,निमा तामाङ,बम्बे दर्जी लगायत नेताहरुले आफ्नो धारणा राख्दै युबा लक्षित कार्यक्रम सहित काङ्ग्रेस आउन पर्ने र त्यसमा पुर्ण सहयोग रहने स्पष्ट पार्नुभएको थियो ।
नेताहरूले नेपाली काङ्ग्रेस जिल्ला समितिले खुम्बुपासाङल्हामु गाउपालिकालाइ हेर्ने दृष्टिकोण फरक रहेको पाइएको भन्दै त्यसो नगर्न आग्रह गर्दै आफ्नो गाउपालिकाको समान सहभागी हुनुपर्ने र काङ्ग्रेस मिलाउन आफुहरु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्