पहिरोले ७ घर बगाउंदा संखुवासभामा ११ जना बेपत्ता



 

संखुवासभा, २८ असार । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।

अबिरल बर्षापछ गए राती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्