साहित्यकार किराँतीलाई नगद ५० हजारसहित सम्मानित गरिने



सोलुखुम्बु, २७ असार । दुर्गम जिल्ला सोलुखुम्बुमा रहेर पनि कला साहित्य को क्षेत्रमा निरन्तर साधनारत अग्रज साहित्यकार तथा कलाकार डीबी किराँतीलाइ सम्मानित गरिने भएको छ।

साहित्य तथा कला क्षेत्रको बिकासमा किरांतीले पुर्‍याएको योगदानको कदर गर्दै प्रदेश नं। १ सरकारले उनलाइ सम्मानित गर्न लागेको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले साहित्यकार किराँतीलाइ ५० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरेको थियो।

सिद्धहस्त लेखकको रुपमा जिल्लामा आफुलाइ स्थापित गर्न सफल किराँती कृषि क्षेत्रको आधुनिकिकरण र व्यावसायिकरणमा पनि उत्तिकै सक्रिय छन। २०१२ सालमा ओखलढुंगाको चार्खु रुम्जाटारमा जन्मिए पनि कर्मक्षेत्र सोलुखुम्बुलाई बनाएका किराँती हाल जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यान गाउँपालिकाका स्थायी बासिन्दा हुन।

सगरमाथा नाट्यकला प्रतिष्ठानका अध्यक्ष एबम साहित्य कला बिकास समिति नेचासल्यान गाउँपालिकाका संयोजक समेत रहेका किराँतीका विभिन्न बिधामा झण्डै दर्जन बढी कृति प्रकाशित छन।खोजी (सामाजिक उपन्यास) ,के तिमी जिंउँदै छौ९लघु काव्य०,चुनौती ९सामाजिक पूर्णांकी नाटक०,पोकापन्तरा (मुक्तक तथा कविता संग्रह) ,पागलको डायरी भाग -१ र भाग-२ (कविता संग्रह) किराँतीका प्रकाशित कृतिहरु हुन।

यसैगरी प्रकाशित अन्य कृतिहरुमा के हो नयाँ नेपाल (निबन्ध संग्रह) ,भत्किएका घरहरु (सामाजिक पूर्णांकी नाटक) चौतारो (निबन्ध संग्रह) , किसानहरुको हाते पुष्तिका किचेन गार्डेन र प्रांगारिक कृषि डायरी रहेको नेकपा नेचा सल्यान गाउँ पालिका कमिटीका अध्यक्ष जगन्नाथ बास्तोलाले रहस्यखबरलाइ बताए।

प्रतिक्रिया दिनुहोस्