वैदेशिक रोजगार बोर्डमा खड्काको नियुक्ति, मुसाको सुरक्षाको जिम्मा बिरालोलाई !



काठमाडौं, २६ असार ।वैदेशिक रोजगारीका लागि बिदेश जाने नेपाली कामदारहरुलाइ संस्थागत ठगी गर्ने गिरोहका मुख्य योजनाकार कैलाश खड्कालाई वैदेशिक रोजगार बोर्डमा नियुक्त गरिएपछि यतिबेला त्यसको चौतर्फी बिरोध भै रहेको छ।

वैदेशिक रोजगारमा जाने कामदारहरुको हकहितका लागि काम गर्नुपर्ने बोर्डमा मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणमा बायोमेट्रीक प्रणाली लागू गरि संस्थागत ठगीको आरोपमा मुद्दा खेपेका खड्कालाइ वैदेशिक रोजगार बिज्ञको नियुक्ति दिनु सरकारले मुसाको सुरक्षाको जिम्मा बिरालालाइ लगाए जस्तो भएको टिप्पणी सरोकारवालाहरुले नै गर्ने गरेका छन।

केहि दिन अघिमात्रै श्रम, रोजगार तथा सामाजिकमन्त्री रामेश्वर राय यादवले मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगार बोर्डमा खड्कालाई वैदेशिक रोजगार विज्ञ र हेम गुरुङलाई वैदेशिक रोजगार सम्बन्धी सीपमूलक र अभिमुखीकरण तालिम सञ्चालकको कोटामा मनोनीत गरेका थिए ।नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको आरोप लाग्ने गरेको छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै आफन्तहरुसमेत खड्का नियुक्ति प्रकरणमा जोडिएको मन्त्री राय यादब निकटष्थहरुको भनाइ छ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी ठगी गरेको आरोपमा खड्कामाथि चलेको मुद्दामा उनले सफाइ पाएको दलिल पेस गरेर सार्बजनिक रुपमा मन्त्री यादवले खड्काको बचाउ गर्ने गरेपनि वैदेशिक रोजगार ब्यबसायीहरु नै यो नियुक्तिको बिरोधमा आक्रामक ढंगले उत्रिएका छन।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील वैदेशिक रोजगार ब्यबसायी मन्च नेपालले त झन निर्णय नसच्याइए प्रतिरोध गर्नका लागि कडा कदम चाल्ने चेतावनी नै दिएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री पदेन अध्यक्ष रहने बोर्डमा बिबादास्पद पृष्ठभुमि भएका ब्यक्तिलाई नियुक्त गरिनु वैदेशिक रोजगारमा जाने श्रमिकहरुप्रतिको घोर अन्याय भएको बताउंदै मन्चले एक बिज्ञप्ति प्रकाशित गरि सो नियुक्तिको घोर भत्सर्ना गरेको छ।

समग्र वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान र वैदेशिक रोजगार ब्यबसायबाट कामदारहरुको हितमा प्रयोग गर्ने गरी वैदेशिक रोजगार ब्यबसाय क्षेत्र बाट बिज्ञ नियुक्ति गर्नु पर्ने ब्यबस्था वैदेशिक रोजगार ऐन २०६४ को १(ठ)मा रहेपनि वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाइ चरम आर्थिक शोषण गर्ने ध्येयबाट खोलिएका विभिन्न सिन्डिकेटधारी मुख्य मतियार तथा मन्त्रालयले पनि कारबाहीका लागि सिफारिस गरेका ब्यक्तिलाई बोर्ड सदस्यमा नियुक्त गरिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको मन्चद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

देशको अर्थतन्त्रमा प्रमुख हिस्सेदारी रहेको वैदेशिक रोजगार क्षेत्रको ब्यबसाय प्रबर्द्धन र रोजगारीका लागि बिदेश जाने कामदारहरुको हकहित संरक्षणका लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डको स्थापना गरेको उल्लेख गर्दै प्रगतिशील वैदेशिक रोजगार ब्यबसायी मन्च नेपालका संयोजक रामप्रसाद बान्तवा र सह संयोजक राजेन्द्र भन्डारीद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा भनिएको छ,( उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार ब्यबसायी,ट्रेड युनियन , वैदेशिक रोजगार बिज्ञका साथै यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधितब रहनु पर्ने बोर्डमा गरिएको बिबादास्पद निर्णय सच्याउन माग गर्दछौं’

प्रतिक्रिया दिनुहोस्