नेपालको नयाँ नक्शाबिरुद्ध लागेकी गिरी जनता समाजबादी पार्टीबाट निष्कासित



काठमाडौं, २३ असार ।जनता समाजवादी पार्टीले नेत्री एबम सांसद सरिता गरिलाइ साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ।पार्टी ह्वीप बिपरित काम गरेको भन्दै सो पार्टीको अनुशासन समितिले गिरीलाइ मंगलबार कारवाही गर्ने निर्णय गरेको हो।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका लागि संसदमा भएको मतदान गिरीले बहिष्कार गरेकी थिइन् । पार्टी निर्णय विपरीत उनले संविधान संशोधन विधेयकविरुद्ध संशोधन दर्ता गरेकी थिइन् ।

त्यसपछि पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनलाई समाजवादी पार्टीको संसदीय दलले कारवाहीको सिफारिस गर्‍यो । समाजवादीका महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले पनि गिरीलाई कारवाहीको सिफारिस गरेको थियो ।

उनले ४२५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्चको ढोका ढकढकाउने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्